किन घट्यो कुमारी बैंकको नाफा, ईपीएस कति ? बैंकको खबर १२ महिना पहिले बैंक खबर । कुमारी बैंकले गत आर्थिक वर्षमा १ अर्ब ९५ करोड ७१ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २४.१४ प्रतिशत कम हो । अघिल्लो आर्थिक वर्ष बैंकले २ अर्ब ५७ करोड ९८ लाख रुपैयाँ नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी बढेको भएपनि निष्क्रिय कर्जा बढेर इम्पेरिमेन्ट चार्जमा बढी रकम छुट्याउनुपर्दा सञ्चालन मुनाफा र खुद नाफा घट्न पुगेको देखिन्छ । बैंकको निष्क्रिय कर्जा १.११ प्रतिशतबाट बढेर ४.७७ प्रतिशत पुगेको छ । बैंकको वितरणयोग्य मुनाफा ८४ करोड ८३ लाख रुपैयाँले ऋणात्मक देखिएको छ । नाफामा आएको गिरावटसँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ । बैंकको प्रतिशेयर आम्दानी १० रुपैयाँ ७ पैसा घटेर ७ रुपैयाँ ४६ पैसामा झरेको छ । All financial information at your fingertips. शेयर गर्नुहोस रिपोर्ट तथा सूचना बैंक शब्दको सुरुवात कसरी भयो? हेर्नुहोस् बैंकिङ अवधारणा र विकास १२ महिना पहिले सिभिल लघुवित्तको साधारणसभाले पारित गर्यो ११ प्रतिशत बोनस सेयर १२ महिना पहिले नेपालमा बैंकको इतिहास, जान्नुहोस् बैंकको विकासक्रम १२ महिना पहिले