प्राइम कमर्सियल बैंकको नाफा घट्यो, वितरणयोग्य मुनाफा कति ?


बैंक खबर । प्राइम कमर्सियल बैंकले २ अर्ब २६ करोड ३१ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा खुद मुनाफा १८.८१ प्रतिशतले घटेको छ । बैंकले अघिल्लो आर्थिक वर्षमा २ अर्ब ७८ करोड ७३ लाख रुपैयाँ नाफा कमाएको थियो । 

बैंकको वितरणयोग्य मुनाफा २० करोड ४८ लाख रुपैयाँ छ । यसअनुसार बैंकको प्रतिशेयर १ रुपैयाँ ६ पैसा वितरण गर्ने क्षमता छ । अघिल्लो आर्थिक वर्ष बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ७३ करोड ८८ लाख रुपैयाँ थियो । 

बैंकको खुद ब्याज आम्दानी बढेको भएपनि खुद सञ्चालन मुनाफा घटेका कारण नाफा प्रभावित भएको वित्तीय विवरणमा देखिन्छ ।

नाफामा आएको गिरावटसँगै बैंकको प्रतिशेयर आम्दानी पनि घठेको छ । बैंकको प्रतिशेयर आम्दानी ३ रुपैयाँ २८ पैसा घटेर ११ रुपैयाँ ६६ पैसामा झरेको छ । 
 

All financial information at your fingertips.

शेयर गर्नुहोस