स्ट्याण्डर्ड चार्टर्डको नाफा ३ अर्ब ५२ करोड, लाभांश क्षमता २९ प्रतिशत


बैंक खबर । स्ट्याण्डर्ड चार्टर्ड बैंकले ३ अर्ब ५२ करोड रुपैयाँ खुद मुनाफा कमाएको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा खुद मुनाफा ५६.२७ प्रतिशतले बढेको छ । बैंकले अघिल्लो आर्थिक वर्षमा २ अर्ब २५ करोड रुपैयाँ नाफा कमाएको थियो । 

बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ७३ करोड रुपैयाँ छ । यसअनुसार बैंकको प्रतिशेयर २८ रुपैयाँ ९९ पैसा वितरण गर्ने क्षमता रहेको छ । 

बैंकको खुद ब्याज आम्दानी, खुद फि तथा कमिसन आम्दानी, सञ्चालन मुनाफा बढेकाले खुद मुनाफामा राम्रो वृद्धि भएको देखिन्छ । 

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ । बैंकको प्रतिशेयर आम्दानी १३ रुपैयाँ ४६ पैसा बढेर ३७ रुपैयाँ ३९ पैसा पुगेको छ । 
 

All financial information at your fingertips.

शेयर गर्नुहोस