कृषि विकास बैंकको नाफा बढ्यो, प्रतिशेयर आम्दानी कति ?


बैंक खबर । कृषि विकास बैंकले गत आर्थिक वर्ष २०७९/८०मा ३ अर्ब ९ करोड रुपैयाँ नाफा कमाएको छ । बैंकले सार्वजनिक गरेको चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्ष २०७८/७९को तुलनामा खुद नाफा ३९.२५ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकले २ अर्ब २२ करोड रुपैयाँ नाफा कमाएको थियो । खुद ब्याज आम्दानी घटेपनि र खुद व्यापार आम्दानी बढेको र इम्पेरिमेन्ट चार्ज घटेका कारण खुद नाफा बढेको देखिन्छ । 

ब्याज आम्दानी
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३.३० प्रतिशतले घटेर ८ अर्ब ८ करोड रुपैयाँ कायम छ । अघिल्लो आर्थिक वर्षमा यस्तो आम्दानी ८ अर्ब ३५ करोड रुपैयाँ थियो । 

सञ्चालन मुनाफा
बैंकको सञ्चालन मुनाफा २६.०७ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षमा ३ अर्ब ६० करोड रुपैयाँ सञ्चालन मुनाफा रहेकोमा गत आर्थिक वर्षमा ४ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ । 

निक्षेप तथा लगानी
बैंकको निक्षेप १९.७५ प्रतिशतले बढेर १ खर्ब ९९ अर्ब ४८ करोड पुगेको छ । निक्षेप बढेपनि कर्जा लगानी घटेको छ । एक वर्षमा बैंकको कर्जा लगानी ०.९३ प्रतिशतले घटेर १ खर्ब ७१ अर्ब ७० करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकको निक्षेप १ खर्ब ६६ अर्ब ५९ करोड रुपैयाँ थियो भने कर्जा लगानी १ खर्ब ७३ अर्ब ३१ करोड रुपैयाँ थियो । 

जगेडा कोष
१८ अर्ब ८८ करोड ८४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १५ अर्ब ३३ करोड ८६ लाख रुपैयाँ सञ्चिति देखिन्छ । यसमध्ये ११ अर्ब ७२ करोड ९७ लाख रुपैयाँ रिजर्भ कोषमा छ भने रिटेन्ड अर्निङ्समा ३ अर्ब ६० करोड ८९ लाख रुपैयाँ रहेको छ । 

सूचकहरु
नाफा बढेपछि बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ । वित्तीय विवरणअनुसार प्रतिशेयर आम्दानी ६ रुपैयाँ २१ पैसा बढेर २० रुपैयाँ ६२ पैसा पुगेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकको प्रतिशेयर आम्दानी १४ रुपैयाँ ४१ पैसा थियो ।

यस्तै, प्रतिशेयर नेटवर्थ २११ रुपैयाँ ६० पैसा र कस्ट अफ फण्ड ७.५१ प्रतिशत रहेको छ । समीक्षा अवधिमा बैंकको खराब कर्जा भने १८.६६ प्रतिशतले बढेर २.४८ प्रतिशत पुगेको छ । अघिल्लो आर्थिक वर्ष बैंकको खराब कर्जा २.०९ प्रतिशत थियो । 

वितरणयोग्य मुनाफा
बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ७ लाख रुपैयाँ रहेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ४३.०१ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षमा बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ५२ करोड १७ लाख रुपैयाँ थियो । यो आधारमा बैंकको प्रतिशेयर वितरण योग्य आम्दानी १९ रुपैयाँ ८९ पैसा रहेको छ । 

All financial information at your fingertips.

शेयर गर्नुहोस