नेपाल फाइनान्सको नाफा र प्रतिशेयर आम्दानी घट्यो बैंकको खबर १२ महिना पहिले बैंक खबर । नेपाल फाइनासले आर्थिक वर्ष २०७९/८०को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार फाइनान्सको खुद नाफा र प्रतिशेयरु आम्दानी घटेको छ । फाइनान्सले कुल २ करोड ५६ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । यो नाफा अघिल्लो आर्थिक वर्ष २०७८/७९मा भन्दा ४७.१३ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षमा ४ करोड ८५ लाख रुपैयाँ नाफा कमाएको थियो । फाइनान्सको सञ्चालन मुनाफा घटेपछि नाफामा गिरावट आएको देखिन्छ । फाइनान्सको वितरणयोग्य मुनाफा २१ करोड ३ लाख रुपैयाँ ऋणात्मक छ । फाइनान्सको प्रतिशेयर आम्दानी अघिल्लो आर्थिक वर्षमा भन्दा ३ रुपैयाँ १७ पैसा घटेर ३ रुपैयाँ ५३ पैसा कायम छ । खराब कर्जा भने १४.०७ प्रतिशतबाट घटेर १२.१६ प्रतिशतमा झरेको छ । All financial information at your fingertips. शेयर गर्नुहोस रिपोर्ट तथा सूचना बैंक शब्दको सुरुवात कसरी भयो? हेर्नुहोस् बैंकिङ अवधारणा र विकास १२ महिना पहिले सिभिल लघुवित्तको साधारणसभाले पारित गर्यो ११ प्रतिशत बोनस सेयर १२ महिना पहिले नेपालमा बैंकको इतिहास, जान्नुहोस् बैंकको विकासक्रम १२ महिना पहिले