सानिमा बैंकको नाफा २५ प्रतिशत बढ्यो, वितरणयोग्य मुनाफा २ अर्ब २० करोड बैंकको खबर १२ महिना पहिले बैंक खबर । सानिमा बैंकले गत आर्थिक वर्ष २०७९/८०मा २ अर्ब ६१ करोड रुपैयाँ नाफा कमाएको छ । बैंकले सार्वजनिक गरेको चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्ष २०७८/७९को तुलनामा खुद नाफा २५.१३ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकले २ अर्ब ९ करोड रुपैयाँ नाफा कमाएको थियो । खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढेको देखिन्छ । ब्याज आम्दानी समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३९.५० प्रतिशतले बढेर ६ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो आम्दानी ४ अर्ब ६५ करोड रुपैयाँ थियो । सञ्चालन मुनाफा बैंकको सञ्चालन मुनाफा २७.९६ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षमा २ अर्ब ९५ करोड रुपैयाँ सञ्चालन मुनाफा रहेकोमा गत आर्थिक वर्षमा ३ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ । निक्षेप तथा लगानी बैंकको निक्षेप ११.५१ प्रतिशतले बढेर १ खर्ब ७५ अर्ब ६४ करोड पुगेको छ । निक्षेपको तुलनामा कर्जा लगानीको वृद्धिदर कम छ । एक वर्षमा बैंकको कर्जा लगानी ६.५० प्रतिशतले बढेर १ खर्ब ४५ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकको निक्षेप १ खर्ब ५७ अर्ब ५१ करोड रुपैयाँ थियो भने कर्जा लगानी १ खर्ब ३६ अर्ब ५१ करोड रुपैयाँ थियो । जगेडा कोष १२ अर्ब ४६ करोड १ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ६ अर्ब ९१ करोड ६९ लाख रुपैयाँ सञ्चिति देखिन्छ । यसमध्ये ४ अर्ब ७० करोड रुपैयाँ रिजर्भ कोषमा छ भने रिटेन्ड अर्निङ्समा २ अर्ब २० करोड रुपैयाँ रहेको छ । सूचकहरु नाफा बढे पछि बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ । वित्तीय विवरण अनुसार प्रतिशेयर आम्दानी ४२.६२ प्रतिशतले बढेर २१ रुपैयाँ ०२ पैसा पुगेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकको प्रतिशेयर आम्दानी १४ रुपैयाँ ७४ पैसा थियो । यस्तै बैंकको मूल्य आम्दानी अनुपात १२.३९ गुणा, प्रतिशेयर नेटवर्थ १५५ रुपैयाँ ५१ पैसा र कस्ट अफ फण्ड ८.२७ प्रतिशत रहेको छ । समीक्षा अवधिमा बैंकको खराब कर्जा भने २९३.९४ प्रतिशतले बढेर १.३० प्रतिशत पुगेको छ । अघिल्लो आर्थिक वर्ष बैंकको खराब कर्जा ०.३३ प्रतिशत थियो । वितरणयोग्य मुनाफा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब २० करोड ९६ लाख रुपैयाँ रहेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ७७.५६ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब २४ करोड ४५ लाख रुपैयाँ थियो । यो आधारमा बैंकको प्रतिशेयर वितरण योग्य आम्दानी १७ रुपैयाँ ७३ पैसा रहेको छ । All financial information at your fingertips. शेयर गर्नुहोस रिपोर्ट तथा सूचना बैंक शब्दको सुरुवात कसरी भयो? हेर्नुहोस् बैंकिङ अवधारणा र विकास १२ महिना पहिले सिभिल लघुवित्तको साधारणसभाले पारित गर्यो ११ प्रतिशत बोनस सेयर १२ महिना पहिले नेपालमा बैंकको इतिहास, जान्नुहोस् बैंकको विकासक्रम १२ महिना पहिले