बिपीडब्लु लघुवित्तको आईपीओ बाँडफाँट, ८ हजार ९५ जनाले पाए शेयर


बैंक खबर । बिपीडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण शेयर बाँडफाँट भएको छ । शेयर बाँडफाँट निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्सका अनुसार ८ हजार ९५ जनाले १० कित्ताका दरले शेयर पाएका छन् । 

मागभन्दा बढी आवेदन परेका कारण धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथाद्वारा आईपीओ बाँडफाँट गरिएको क्यापिटलले जनाएको छ । 

लघुवित्तले २०७९ फागुन १८ देखि २३ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको थियो । जसमा १४ लाख ५८ हजार २७८ जनाले आवेदन दिएका थिए । 
 

All banking information at your fingertips

शेयर गर्नुहोस