आशा लघुवित्तको सीईओमा जया लोहनी नियुक्त बैंकको खबर १२ महिना पहिले बैंक खबर । आशा लघुवित्त वित्तीय संस्थाले राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरेपछि बनेको आशा लघवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा जया लोहनी नियुक्त भएकी छन् । लोहनी यसअघि राष्ट्र उत्थान लघुवित्तको कार्यकारी सञ्चालक थिइन् । लघुवित्तको असार ३१ गते साँझ बसेको सञ्चालक समितिले लोहनीलाई सीईओ नियुक्त गरेको हो । यस्तै लघुवित्तको सञ्चालकमा विमल डंगोल, प्रदीपकुमार तिम्सिना र विजयकुमार क्षेत्री नियुक्त भएका छन् । उनीहरु सबै राष्ट्र उत्थानका सञ्चालक थिए । आशा लघुवित्तले राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ति गरेपछि असार ३१ गतेदेखि एकीकृत कारोबार सुरु भएको छ । All financial information at your fingertips. शेयर गर्नुहोस रिपोर्ट तथा सूचना बैंक शब्दको सुरुवात कसरी भयो? हेर्नुहोस् बैंकिङ अवधारणा र विकास २ वर्ष पहिले सिभिल लघुवित्तको साधारणसभाले पारित गर्यो ११ प्रतिशत बोनस सेयर २ वर्ष पहिले नेपालमा बैंकको इतिहास, जान्नुहोस् बैंकको विकासक्रम २ वर्ष पहिले