केन्द्रीय बैंकले कर्जा दिने भएपछि जोगियो स्वीस बहुराष्ट्रिय बैंक क्रेडिट स्वीस बैंकको खबर २ वर्ष पहिले बैंक खबर । तरलता अभावले समस्यामा परेको स्वीस बहुराष्ट्रिय बैंक “क्रेडिट स्वीस”लाई त्यहाँको केन्द्रीय बैंकले ४५ अर्ब यूरो कर्जा उपलब्ध गराउने भएको छ । यो खबर आएसँग सो बैंकको शेयर मूल्यमा उच्च सुधार आएको छ । बिहीबार मात्रै सो कम्पनीको शेयरमूल्य ३० प्रतिशतले बढेको छ । यसअघिको दिनको कारोबारमा सो बैंकको सबैभन्दा ठूलो शेयरधनी साउदी नेशनल बैंकले थप पैसा नहाल्ने बताएपछि सिक्स स्टक एक्सचेन्जमा बैंकको शेयर मूल्यमा उच्च गिरावट आएको थियो । त्यसपछि सबै युरोपेली बैंकहरुको शेयर मूल्यमा दबाब परेको थियो । तर बिहीबार केन्द्रीय बैंकको कदमपछि त्यहाँका लगानीकर्ताको मनोबल बढेको छ । एजेन्सी All banking information at your fingertips शेयर गर्नुहोस रिपोर्ट तथा सूचना जलवायु परिवर्तनबाट बैंकमा पर्ने असरबारे फेडले सुरु गर्याे अध्ययन २ वर्ष पहिले भारतीय केन्द्रिय बैंकले फेरी बढायो रिपोदर, बैंकहरुको ब्याजदर बढ्ने २ वर्ष पहिले ४८ घण्टाको अन्तरालमा अमेरिकाको सिलिकन भ्याली बैंक टाट पल्टियो, भएको के थियो ? २ वर्ष पहिले