भारतीय केन्द्रिय बैंकले फेरी बढायो रिपोदर, बैंकहरुको ब्याजदर बढ्ने बैंकको खबर २ वर्ष पहिले बैंक खबर । भारतीय केन्द्रिय बैंकले ब्याजदर फेरी बढाएको छ । रिजर्भ बैंक अफ इण्डिया (आरबीआई)ले बुधबार ६.२५ प्रतिशत रहेको रिपोदर बढाएर ६.५० प्रतिशत पु-याएको हो । यसअघि आरबीआईले अघिल्लो महिना ०.३५ प्रतिशतले रिपोदर बढाएको थियो । आरबीआईले पछिल्लो १० महिनामा छैठौंपटक रिपो दर बढाएको छ । आरबीआई गभर्नर शक्तिकान्त दाशले बैंक दर निर्धारण गर्ने समितिले रिपोदर बढाएको घोषणा गरेका हुन् । भारतमा २०२२ मेमा रिपोदर ४ प्रतिशत थियो । त्यसयता रिपोदर साढे २ प्रतिशतले बढीसकेको छ । मुद्रास्फीति नियन्त्रणमा आउँदै गएपनि महँगीमा अंकुश लगाउन र बजारमा नगद प्रवाह कम गर्न रिपोदर बढाएको आरबीआईले जनाएको छ । रिपोदर बढेपछि सबै बैंकहरुले कर्जाको दर बढाउनेछन् । All banking information at your fingertips शेयर गर्नुहोस रिपोर्ट तथा सूचना जलवायु परिवर्तनबाट बैंकमा पर्ने असरबारे फेडले सुरु गर्याे अध्ययन २ वर्ष पहिले ४८ घण्टाको अन्तरालमा अमेरिकाको सिलिकन भ्याली बैंक टाट पल्टियो, भएको के थियो ? २ वर्ष पहिले केन्द्रीय बैंकले कर्जा दिने भएपछि जोगियो स्वीस बहुराष्ट्रिय बैंक क्रेडिट स्वीस २ वर्ष पहिले