आईमएफले पाकिस्तानलाई ३ अर्ब डलर ऋण सहयोग गर्ने


बैंक खबर । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले पाकिस्तानलाई ३ अर्ब डलर ऋण सहयोग गर्ने भएको छ । 

आईएमएफका अनुसार पाकिस्तानी अधिकारीहरूबीच ‘स्ट्यान्ड बाई एरेन्जमेन्ट (एसबीए)’ द्वारा समर्थित नीतिहरूमा कर्मचारी–स्तरीय सम्झौता भएको छ । यो सम्झौता आईएमएफको सञ्चालक समितिले पनि अनुमोदन गर्नुपर्छ । सञ्चालक समितिले अनुमोदन गरेमा जुलाईको मध्यसम्म पाकिस्तानले सम्झौता अनुसारको रकम पाउनेछ ।

यो ऋणले पाकिस्तानको अर्थव्यवस्थालाई स्थिर गर्न, समष्टिगत आर्थिक स्थिरता कायम गर्न र बहुपक्षीय र द्विपक्षीय साझेदारहरूबाट वित्तपोषणको लागि ढाँचा प्रदान गर्न सहयोग पुग्ने विश्वास आईएमएफको छ ।

All financial information at your fingertips.

शेयर गर्नुहोस