माई पे डिजिटल वालेटले विद्यार्थीलाई मासिक ५ हजार रुपैयाँसम्म छात्रवृति दिने


बैंक खबर । माई पे डिजिटल वालेटले एसईई पास भएका १०० जना विद्यार्थीलाई छात्रवृद्धि वितरण गर्ने योजना ल्याएको छ । कम्पनीले मासिक ५,००० रूपैयाँसम्मको ‘माई फस्ट डिजिटल वालेट’ छात्रवृत्ति योजना सार्वजनिक गरेको हो । 

एसईई पास गरेका विद्यार्थीहरुलाई डिजिटल माध्यमबाट कारोबार गर्न प्रोत्साहन गर्ने उद्देश्यले छात्रवृत्ति योजना ल्याएको माई पेका प्रमुख कार्यकारी अधिकृत मनोज मेहताले जानकारी दिए । ‘नविन प्रविधिलाई युवाहरुले नै सबैभन्दा पहिले आत्मसाथ गर्न सक्दछन,’ मेहताले भने, ‘त्यसैले हामीले उनीहरुलाई डिजिटल प्रविधिप्रति बेलैमा आर्कषित गरी डिजिटल साक्षरता दिन सके डिजिटल नेपालको सपनालाई साकार पार्न समेत सहयोग मिल्थ्यो ।’ 
यस छात्रवृत्ति कार्यक्रममा जम्मा एक सय विद्यार्थीहरु लाभान्वीत हुनेछन् । जसमा ९९ जना विद्यार्थीले मासिक ५०० रूपैयाँका दरले एक वर्षसम्म र एक जना विद्यार्थीले मासिक ५,००० रूपैयाँका दरले एक वर्षसम्म छात्रवृत्ति प्राप्त गर्न सक्नेछन् ।

यस कार्यक्रममा सहभागी हुनका लागि एसईई दिएर बसेका विद्यार्थीहरुले माई पे वालेट डाउनलोड गरी वालेट भित्र रहेको फर्म भर्नुपर्नेछ । फर्म भर्नका लागि १० रूपैयाँ शुल्क लाग्नेछ । देशैभरीका विद्यार्थीहरु यस योजनामा सहभागी हुन सक्नेछन् । छात्रवृत्तिमा छनौट भईसकेपछि विद्यार्थीहरुले आफ्नो मार्कसिट तथा कक्षा ११ मा भर्ना भएको प्रमाण समेत पेस गर्नुपर्नेछ । आवेदन अवधी साउन अन्तिमसम्म रहेको माई पेले जनाएको छ ।

All financial information at your fingertips.

शेयर गर्नुहोस