सहुलियतपूर्ण र विपन्न वर्ग कर्जा पनि बागमतीमै केन्द्रित, कर्णालीमा साढे एक प्रतिशत मात्रै प्रवाह
बैंक खबर । नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले करिब २ खर्ब रुपैयाँ सहुलियतपूर्ण कर्जा प्रवाह गरेका छन् । २०७९ पुस मसान्तसम्म कुल १ खर्ब ९७ अर्ब ८३ करोड रुपैयाँ सहुलियतपूर्ण कर्जा बक्यौता रहेको छ । बक्यौता रहेको कुल सहुलियतपूर्ण कर्जामा सबैभन्दा धेरै बागमती प्रदेशमा ३५.७ प्रतिशत रहेको छ । यसबाहेक, कोशी प्रदेशको अंश १६.८ प्रतिशत, मधेश प्रदेशको अंश ११.१ प्रतिशत, गण्डकी प्रदेशको अंश १३.९ प्रतिशत, लुम्बिनी प्रदेशको अंश १५.६ प्रतिशत, कर्णाली प्रदेशको अंश १.६ प्रतिशत र सुदूरपश्चिम प्रदेशको अंश ५.३ प्रतिशत रहेको छ ।
विपन्न वर्ग कर्जा
२०७९ पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित विपन्न वर्ग कर्जा ३ खर्ब १८ अर्ब ७३ करोड रुपैयाँ रहेको छ । विपन्न वर्ग कर्जा पनि सबैभन्दा धेरै बागमती प्रदेशमा ४७.९ प्रतिशत प्रवाह भएको छ । यसबाहेक कुल विपन्न वर्ग कर्जामा कोशी प्रदेशमा प्रवाहित कर्जाको अंश १४.२ प्रतिशत, मधेश प्रदेशको अंश ९.० प्रतिशत, गण्डकी प्रदेशको अंश ११.३ प्रतिशत, लुम्बिनी प्रदेशको अंश १२.६ प्रतिशत, कर्णाली प्रदेशको अंश १.५ प्रतिशत र सुदूरपश्चिम प्रदेशको अंश ३.६ प्रतिशत रहेको छ ।
पुनरकर्जा
२०७९ पुस मसान्तमा राष्ट्र बैंकबाट सहुलियत दरमा प्रदान गरिएको पुनरकर्जा ७९ अर्ब कर्जा बक्यौता रहेको छ । कुल पुनरकर्जा उपयोगमा बागमती प्रदेशको अंश सबैभन्दा बढी ५६.७ प्रतिशत रहेको छ । सबैभन्दा कम कर्णाली प्रदेशको अंश सबैभन्दा कम ०.७ प्रतिशत छ । यसबाहेक, पुनरकर्जामा कोशी प्रदेशको अंश १२.५ प्रतिशत, मधेश प्रदेशको ३.४ प्रतिशत, गण्डकी प्रदेशको ११.७ प्रतिशत, लुम्बिनी प्रदेशको ९.६ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ५.३ प्रतिशत अंश रहेको छ ।
All financial information at your fingertips.