एडीबीले नेपाललाई ५ करोड डलर ऋण दिने


अर्थतन्त्र । एसियाली किास बैंक (एडीबी)ले नेपाललाई ६ अर्ब ५९ करोड रुपैयाँ (५ करोड डलर) ऋण स्वीकृत गरेको छ । नेपालको आन्तरिक तथा बाह्य व्यापारका नीतिगत समस्या सुधारका लागि यो ऋण स्वीकृत गरेको हो । 

यो ऋण भन्सार सुधार र आधुनिकीकरण योजना कार्यान्वयनका लागि उपयोग गरिने भएको छ । जसबाट नेपालको जीडीपीमा व्यापारको हिस्सा बढेर जाने विश्वास गरिएको छ । गत आर्थिक वर्षमा नेपालको कुल गार्हस्थ्य उत्पादनमा व्यापार र उद्योगको योगदान १४.१ प्रतिशत रहेको एडीबीको तथ्यांक छ ।  
 

All financial information at your fingertips.

शेयर गर्नुहोस