ऋण नतिर्न बैंकिङ क्षेत्र अवरुद्ध गर्नेमाथि कारबाही गर्न माग


बैंक खबर । बैंक तथा वित्तीय संस्था र लघुवित्तका संघहरुले ऋण नतिर्ने बाहनामा बैंकिङ सेवा अवरुद्ध पार्न खोज्ने गिरोहलाई कारबाही गर्न माग गरेका छन् । सोमबार नेपाल बैंकर्स संघ, डेभलपमेन्ट  बैंकर्स एसोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त प्रेस विज्ञप्ती जारी गरेर त्यस्ता गतिविधि गर्ने गिरोहमाथि कारबाही गर्न र बैंक तथा वित्तीय संस्था र लघुवित्तकर्मीहरुको सुरक्षा गर्न माग गरेका छन् ।

विज्ञप्तीमा भनिएको छ ‘अर्थतन्त्रको प्रमुख स्तम्भको रुपमा स्थापित बैंक तथा वित्तीय संस्था र लघुवित्त संस्थाहरुले मुलुकको विकास, आम सर्वसाधारणलाई प्रदान गर्ने सेवा–सुबिधाहरु, आर्थिक बृद्धिमा खेलेको भूमिका, रोजगारी सृजनालगायत प्रत्यक्ष÷अप्रत्यक्ष रुपमा दिएको योगदानको बारेमा हामी सबै जानकार नै छौं । भूकम्पपछिको समयहोस वा कोभिडको महामारी, कुनै पनि विषम परिस्थितीमा समेत आफ्नो ज्यानको पर्वाह नगरी बैंक तथा वित्तीय संस्था र लघुवित्त क्षेत्रका कर्मचारीहरु अहोरात्र आफ्ना ग्राहकहरुलाई सेवा पु¥याउन खटिएको व्यहोरा स्मरण गराउन चाहन्छौं ।’ 

‘मुलुकले समेत अत्यावश्यक सेवाको रुपमा पहिचान गरेको बैंकिङ क्षेत्र निर्वाध रुपमा सञ्चालन गर्न र सेवा पु¥याउन कुनै पनि तत्वहरुले बाधा पु¥याएको खण्डमा सो गैर–कानूनी हुने सर्वविदितै छ । ग्राहकहरुले सेवा लिन आउँदा कुनै पनि अबरोध गरिएमा वा शाखा सञ्चालनमा कुनै बाधा पु¥याइएको खण्डमा सो उपर सुरक्षा निकायले आवश्यक कदम लिनेछ भन्नेमा हामी विश्वस्त छौं’, विज्ञप्तीमा उल्लेख छ । 

‘पूर्वी नेपालको इटहरी, सुनसरी तथा विर्तामोड र झापास्थित केही बैंक तथा वित्तीय संस्था र लघुवित्त संस्थाहरुको शाखामा केही व्यक्तिहरुले शाखा सञ्चालनमा अवरोध गरेको, कर्मचारीहरुलाई धम्क्याएको र ग्राहकहरुलाई अत्यावश्यक बैंकिङ सेवा लिनबाट बञ्चित गरेकोमा हामी घोर निन्दा गर्दछौं’, विज्ञप्तीमा उल्लेख छ । चारवटै संघले यो विषयमा सुरक्षा निकायले यथाशिघ्र आवश्यक कदम लिई शाखा सञ्चालन गर्न तथा कर्मचारी र ग्राहकको सुरक्षा दिन माग गरेका छन् । 

ऋण लिए पछि तिर्नु पर्छ भन्ने सामान्य सिद्धान्त बुझ्न पर्ने र ऋण नतिर्ने बहानामा यस प्रकारका अराजक गतिविधि गर्नेहरुलाई तुरुन्तै कारवाहीको दायरामा ल्याई सुरक्षा कायम गरी अत्यावश्यक वित्तीय सेवा सञ्चालन गर्न र कर्मचारीलाई आवश्यक सुरक्षा प्रदान गर्न सम्बन्धित सरोकारवालाहरुसँग माग गरेको छ । 

साथै, आगामी दिनमा यस प्रकारका कुनै पनि गतिविधिहरु भएको खण्डमा यसका विरुद्ध सबै संस्था सशक्तरुपमा प्रस्तुत हुने चेतावनी समेत दिएको छ । 


    
       

    
 

All financial information at your fingertips.

शेयर गर्नुहोस