सिटिजन्स बैंकका ग्राहकलाई टोखा केब फनपार्कमा छुट


बैंक खबर । सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकले काठमाडौंको टोखास्थित टोखा केब फनपार्कमा विशेष छुट पाउने भएका छन् । यससम्बन्धमा बैंक र फनपार्कबीच सम्झौतापत्रमा हस्ताक्षर भएको बैंकले जनाएको छ । 

समझदारी पत्रअनुसार सिटिजन्स बैंकका ग्राहकले टोखा केब फनपार्कमा बैंकको कार्ड र मोबाइल बैंकिङबाट शुल्क तिर्दा १५ प्रतिशतसम्म छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ । 

बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरण बैंकको वेबसाइटमा प्राप्त गर्न सकिने बैंकले जनाएको छ । 

सिटिजन्स बैंकले देशैभरि फैलिएका आफ्ना १८४ वटा शाखा, ३ वटा विस्तारित काउन्टर,  १४१ वटा एटीएम, ६ वटा कियोस्क सेवा र ९७ वटा शाखारहित बैंकिङ इकाइबाट करिब १५ लाख ९० हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
 

All financial information at your fingertips.

शेयर गर्नुहोस