मुक्तिनाथ विकास बैंकबाट सहजै कर्जा पाउन सकिने, ल्यायो नयाँ योजना बैंकको खबर २ वर्ष पहिले बैंक खबर । मुक्तिनाथ विकास बैंकले ‘मुक्तिनाथ विशिष्ट सहज कर्जा’ योजना सञ्चालनमा ल्याएकोे छ । तरलता संकटले नयाँ कर्जा पाउन कठिन भइरहेका बेला बैंकले सहजै कर्जा उपलब्ध गराउने उद्देश्यले यो योजना घोषणा गरेको हो । बैंकले कर्जा आवश्यक परेका कुनै पनि ग्राहकलाई आफ्ना शाखा कार्यालयमा सम्पर्क राख्न भनेको छ । नयाँ योजना अन्तर्गत बैंकले २ करोड रुपैयाँ सम्मका साना तथा मझौल व्यवसाय कर्जा, कृषि कर्जा, घर कर्जा, अटो तथा हायरपर्चेज कर्जा, शैक्षिक कर्जा, जग्ग खरिद तथा अन्य व्यक्तित कर्जा दिने भएको हो । बैंकले आवश्यक सम्पूर्ण कागजात पूरा गरेको ३ कार्य दिनभित्र सर्वसुलभ ब्याजदरमा कर्जा स्वीकृत गरिने जनाएको छ । यो योजनामा सहभागी भई कर्जा लिन इच्छुक ग्राहकले नजिकको शाखा कार्यालयमा सम्पर्क राख्न वा मोबाइल नम्बर ९८०१११००२३ मा मिस्ड कल गर्न वा वेबसाइटमा गई अनलाइनमार्फत आवेदन दिन सक्ने बैंकले जनाएको छ । All banking information at your fingertips शेयर गर्नुहोस रिपोर्ट तथा सूचना मनाङमा ४९.९५ मेगावाटको दानाखोला जलविद्युत आयोजना निर्माण गरिँदै २ वर्ष पहिले लिटरमा ११ रुपैयाँ बढ्यो दूधको मूल्य २ वर्ष पहिले मर्चेन्ट बैंकरको सूचीमा थपियो अर्को कम्पनी, एलिट क्यापिटलले पायो लाइसेन्स २ वर्ष पहिले