मर्चेन्ट बैंकरको सूचीमा थपियो अर्को कम्पनी, एलिट क्यापिटलले पायो लाइसेन्स बैंकको खबर २ वर्ष पहिले बैंक खबर । एलिट क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट मर्चेन्ट बैंकरको लाइसेन्स पाएको छ । बोर्डले चैत १ गते एलिट क्यापिपटललाई क्यापिटललाई मर्चेन्ट बैंकरको लाइसेन्स प्रदान गरेको हो । यससँगै क्यापिटलले अन्य मर्चेन्ट बैंकरहरूले जसरी नै व्यक्तिगत तथा संस्थागत लगानी व्यवस्थापन, कर्पोरेट एडभाइजरी, धितोपत्र प्रत्याभूति (अण्डरराइटिङ) र डीपी सेवा प्रदान गर्ने गरी लाइसेन्स पाएको जनाएको छ । बोर्डले लाइसेन्स दिएसँगै आगामी साताभित्र औपचारिक रूपमा सेवा सुचारु गर्ने कम्पनीले जनाएको छ । २२ करोड ५० लाख रुपैयाँ चुक्तापूँजी रहेको एलिट क्यापिटलमा धितोपत्र बजारका सक्रिय लगानीकर्ता र गैर आवासीय नेपालीहरूको लगानी रहेको छ । एलिट क्यापिटल मर्चेन्ट बैंकरको रूपमा थपिएसँगै मर्चेन्ट बैंकरको संख्या ३१ पुगेको छ । All banking information at your fingertips शेयर गर्नुहोस रिपोर्ट तथा सूचना मनाङमा ४९.९५ मेगावाटको दानाखोला जलविद्युत आयोजना निर्माण गरिँदै २ वर्ष पहिले लिटरमा ११ रुपैयाँ बढ्यो दूधको मूल्य २ वर्ष पहिले आइएमई पे र युनिमनी एक्सचेन्जबीच भाग्यशाली सेवाग्राहीलाई उपहार दिनेसम्बन्धी सम्झौता २ वर्ष पहिले