अमेरिकी केन्द्रीय बैंकले ब्याजदर यथावत राख्यो


बैंक खबर । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भ (फेड)ले ब्याजदर नचलाउने निर्णय गरेको छ । फेडले यसअघि मे ३ मा कायम गरेको ब्याजदर नै यथावत राख्ने निर्णय गरेको हो । मे ३ मा ब्याजदर ५ प्रतिशतबाट बढाएर पाँच दशमलव २५ प्रतिशत पुर्याएको थियो । 

ब्याजदर स्थीर राख्ने निर्णय भएपनि फेडले मुद्रास्फीतिमा परेको दबाबलाई भने स्वीकार गरेको जनाएको छ । फेडले मुल्यवृद्धि नियन्त्रण गर्न भन्दै यसअघि १० पटकसम्म ब्याजदर बढाएको थियो । 

All financial information at your fingertips.

शेयर गर्नुहोस