बैंकहरुको मुद्दती निक्षेपमा डेढ अर्ब लगानी गर्दै राष्ट्र बैंक बैंकको खबर १२ महिना पहिले बैंक खबर । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको करिब डेढ अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीमा एक अर्ब ४७ करोड रुपैयाँ निक्षेप लगानी गर्न लागेको हो राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले वाणिज्य बैंकहरुमा १ अर्ब १७ करोड ६० लाख, विकास बैंकहरुमा २२ करोड ५ लाख र फाइनान्स कम्पनीहरुमा ७ करोड ३५ लाख गरी कुल १ अर्ब ४७ लाख रुपैयाँ मुद्दती निक्षेपमा राख्न लागेको हो । यो निक्षेप २०८० असार १ गतेदेखि २०८१ असार २ गतेसम्म ३६६ दिन अवधिको लागि राखिने राष्ट्र बैंकले जनाएको छ । निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाहरुले जेठ २५ गतेसम्म आफुले लिन चाहेको रकम र दिन चाहेको ब्याजदर प्रस्ताव पेश गरिसक्नुपर्ने छ । निक्षेप लिनका लागि राष्ट्र बैंकले केही शर्तहरु राखेको छ । बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पुरा भएको, तोकिएको न्यूनतम पुँजी कोष कायम गरेको हुनुपर्नेछ । यस्तै, निष्कृय कर्जा कुल कर्जा सापटीको पाँच प्रतिशतभन्दा कम हुनुपर्ने, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा बीस प्रतिशत वा सो भन्दा बढी रहेको हुनुपर्ने, कर्जा, स्वदेशी निक्षेप र प्राथमिक पुँजी अनुपात बैंकले समय समयमा निर्धारण गरेको सीमा भित्र रहेको हुनुपर्ने, शीघ्र सुधारात्मक कारवाहीमा परेको भए फुकुवा भएको कम्तीमा ६ महिना पुरा भएको हुनुपर्ने, समस्याग्रस्त घोषणा भएको भए फुकुवा भएको छ महिना अवधि पूरा भएको तथा सर्वसाधारणको लागि छुट्याइएको शेयर जारी गरिसकेको हुनुपर्ने शर्त पुरा गरेका बैंक तथा वित्तीय संस्थाले निक्षेपका लागि आवेदन दिन सक्नेछन् । All financial information at your fingertips. शेयर गर्नुहोस रिपोर्ट तथा सूचना बैंक शब्दको सुरुवात कसरी भयो? हेर्नुहोस् बैंकिङ अवधारणा र विकास २ वर्ष पहिले सिभिल लघुवित्तको साधारणसभाले पारित गर्यो ११ प्रतिशत बोनस सेयर २ वर्ष पहिले नेपालमा बैंकको इतिहास, जान्नुहोस् बैंकको विकासक्रम २ वर्ष पहिले