वित्तीय सुरक्षा र वातावरणीय जिम्मेवारीको संयोजनः नबिल बैंकको ‘नबिल दिगो बचत खाता’
बैंकको खबर ।
आजको आधुनिक युगमा व्यक्तिगत, पारिवारिक र ब्यावसायिक आर्थिक व्यवस्थापनका लागि बैंक खाता अपरिहार्य माध्यम बन्न पुगेको छ । नगद राख्ने परम्परागत शैलीबाट हट्दै मानिसहरू अहिले सुरक्षित, व्यवस्थित र दीर्घकालीन फाइदा दिने प्रणालीतर्फ आकर्षित भएका छन् । यस्तो प्रणालीको पहिलो माध्यम भनेको नै अहिले बैंक खाता हो ।
बैंक खाता कुनैपनि व्यक्तिको आर्थिक जीवनको पहिलो आधार बन्न सक्छ । यसको प्रयोगले धनको सुरक्षा, ब्याज आम्दानी, डिजिटल सुविधा, कर्जा पहुँच, सरकारी लाभ र खर्च जस्ता विषयमा फाइदा लिन सकिन्छ । त्यसैले प्रत्येक व्यक्तिको कम्तिमा एउटा बैंक खाता हुन आवश्यक छ । जुन खाता भविश्यको सुरक्षाको लागि पहिलो कदम बनोस । अझ पछिल्लो समय वित्तीय लाभका साथै वातावरण संरक्षणमा प्रत्यक्ष योगदान गर्न चाहने मानिसहरुको संख्या पनि बढ्दै गएको छ ।
अब त्यसो भए कुन बैंकमा कस्तो खाता खोल्दा वित्तीय लाभ सँगसँगै बढी वातावरणीय संरक्षणमा योगदा नदिन सकिन्छ त ? हो नेपालमा अहिले धेरै संख्यामा बैंक छन् । ति बैंकहरुले आ–आफ्नै तरिकाले विभिन्न योजना सहित खाता खोल्न मानिसहरुलाई प्रेरित गर्दै आएका छन् ।
अहिलेको बैंकिङमा पैसा सुरक्षित राख्ने माध्यममात्रै भन्दा पनि त्यहाँ राखिएको पैसाको प्रतिफल र अन्य सुविधा के छन भन्ने तर्फ पनि आम मानिसको ध्यान छ । अझ पछिल्लो समय बैंकहरुले वातावरणमैत्री बचत खाता सञ्चालनमा ल्याई स्वच्छ वातावरण निर्माणमा योगदान पुर्याउने लक्ष्य लिएको देखिन्छ । नबिल बैंकले पछिल्लो समय ल्याएको ‘नबिल दिगो बचत खात’ाको उद्देश्य पनि यस्तै छ । जुन खाताले दिगो विकास र कार्बन उत्सर्जनमा न्यूनीकरण र नियन्त्रणलाई प्रवद्र्धन गर्ने उद्देश्य राखेको छ ।
नबिल बैंकको ‘नबिल दिगो बचत खाता’
नबिल बैंकले सार्वजनिक गरेको ‘नबिल दिगो बचत खाता’, बैंकको वातावरणप्रति उत्तरदायी प्रतिबद्धता र डिजिटल बैंकिङ प्रवद्र्धनमा केन्द्रित पहलको एक हिस्सा भएको देखिन्छ । किनभने यो खाता सेवाग्राहीहरुको आवश्यकता र वातावरण संरक्षणको उद्देश्यका साथ निर्माण भएको देखिन्छ । जुन खाता बैंकले कार्बन उत्सर्जन घटाउने विशेष उद्देश्यका साथ सुरु गरेको छ ।
नबिल बैंकले दिगो विकास र कार्बन उत्सर्जन न्यूनीकरण र नियन्त्रणलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ बैंकिङ क्षेत्रमा नौलो र प्रभावकारी किसिमको खाता ‘नबिल दिगो बचत खाता’को सुरुआत गरेको हो ।
नेपाल सरकारले सन् २०४५ सम्म शून्य कार्बन उत्सर्जनको लक्ष्य राखेको छ । त्यसैलाई सहयोग पुर्याउने उद्देश्यले बैंकले यो खाता सञ्चालन गरेको हो ।
यस योजनाअन्तर्गत सेवाग्राहीले पाउने ब्याजदर बाहेक जम्मा हुने कुल निक्षेपको वार्षिक ०.५ प्रतिशतका दरले हुन आउने रकम बैंकले प्रत्यक्ष रूपमा कार्बन उत्सर्जन न्यूनीकरण र नियन्त्रणमा खर्च गर्नेछ ।
बैंकका अनुसार उक्त रकम कार्बन उत्सर्जन न्यूनीकरण र नियन्त्रणका लागि वन पुनःस्थापना तथा वृक्षरोपण, नवीकरणीय ऊर्जा प्रबद्र्धन, फोहोर व्यवस्थापनका लागि पहल, स्वच्छ ऊर्जा तथा सफा पानीसम्बन्धी परियोजना तथा दिगो विकासका लक्ष्य अनुकूल लगायतका कार्यक्रमहरुमा खर्च गरिने बैंकको भनाइ छ । यस योजनाअन्तर्गत नबिल दिगो बचत खातामा अर्धवार्षिक रुपमा औसतमा ५० हजार रुपैयाँ राख्ने ग्राहकका नाममा टोकनस्वरुप एकपटकका लागि वृक्षरोपण गरिनेछ ।
यसबाट कार्बन उत्सर्जन न्यूनीकरण तथा नियन्त्रण र दिगो विकास लक्ष्य हासिल गर्न प्रत्यक्ष योगदान पुग्नेमा बैंकको विश्वास छ । यस खाता खोल्नका लागि न्यूनतम मौज्दात १०,००० रुपैयाँ आवश्यक पर्छ । यो विशेष बचत खाता वित्तीय लाभका साथै वातावरण संरक्षणमा प्रत्यक्ष योगदान गर्न चाहने सबै उमेर समूहका व्यक्ति, गैरआवासीय नेपाली (एनआरएन) र गैर–नाफामुखी संस्थाहरूलाई लक्षित गरिएको बैंकले जनाएको छ ।
के छ सुविधा ?
न्यूनतम मौज्दात कायम राख्ने ग्राहकले डिजिटल बैंकिङ प्रवद्र्धनअन्तर्गत नबिल बैंकका डिजिटल बैंकिङ प्लेटफर्महरू एनबैंक र एनबैंक वेभ आजीवन निःशुल्क प्रयोग गर्न सक्नेछन् । यसबाट कागजरहित बैंकिङ संस्कृति प्रवद्र्धन हुने बैंकले जनाएको छ ।
त्यसबाहेक यस योजनामा सहभागी हुने ग्राहकलाई पहिलो वर्ष निःशुल्क नबिल डेबिट कार्ड र क्रेडिट कार्ड, वार्षिक लकर शुल्कमा २५ प्रतिशत छुट र योग्य ग्राहकलाई बीमा सुविधा पनि उपलब्ध गराउनेछ ।
नबिल बैंकले दिगो बैंकिङको क्षेत्रमा अग्रपंक्तिमा रहँदै वातावरणीय, सामाजिक तथा सुशासन सिद्धान्तलाई आत्मसात गर्दै आएको छ । ‘नबिल दिगो बचत खाता’को सुरुआतसँगै ग्राहकहरु आफ्नो भविष्यका लागि मात्र नभई वातावरणमैत्री र दिगो भविष्य निर्माणका लागि पनि बचत गर्न सक्षम हुनेमा बैंकले विश्वास लिएको छ ।
अन्त्यमा, नबिल बैंकको ‘नबिल दिगो बचत खाता’ योजना केवल एउटा वित्तीय सेवा मात्रै होइन, यो वातावरणीय उत्तरदायित्वको प्रतिक जस्तै छ । बैंकले यो योजनामार्फत बचतको साथसाथै हरियाली प्रवद्र्धन र डिजिटल पहुँचलाई समेत सशक्त बनाउने लक्ष्य राखेको देखिन्छ । त्यसैले यस योजनाले ग्राहकलाई व्यक्तिगत फाइदा पुर्याउने त छ नै साथसाथै सामाजिक आर्थिक रुपान्तरणमा महत्वपूर्ण सहभागिता जनाउने मौका समेत दिनेछ ।