आजको विदेशी मुद्रा विनिमय दरः डलरको भाउ बढ्यो, युरो र पाउण्डको घट्यो
२०८२ असार १९ गते बिहीबार ।
काठमाडौँ । नेपाली बजारमा आज अमेरिकी डलरको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ८३ पैसा र बिक्रीदर १३७ रुपैयाँ ४३ पैसा तोकेको छ । हिजो बुधबार डलर एकको खरिददर १३६ रुपैयाँ ५४ पैसा र बिक्रीदर १३७ रुपैयाँ १४ पैसा थियो ।
यस्तै युरोपियन युरो र बेलायती पाउण्ड स्ट्रलिङको भाउ घटेको छ । राष्ट्र बैंकले आजका लागि युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ ९५ पैसा र बिक्रीदर १६१ रुपैयाँ ६६ पैसा तोकेको थियो । हिजो युरो एकको खरिददर १६१ रुपैयाँ २३ पैसा र बिक्रीदर १६१ रुपैयाँ ९३ पैसा थियो ।
बेलायती पाउण्ड स्ट्रलिङको भाउ पनि घटेको छ । आजका लागि पाउन्ड स्ट्रलिङ एकको खरिददर १८७ रुपैयाँ ५३ पैसा र बिक्रीदर १८८ रुपैयाँ ३५ पैसा तोकिएको छ । हिजो पाउण्डको खरिददर १८७ रुपैयाँ ९६ पैसा र बिक्रीदर १८८ रुपैयाँ ७९ पैसा थियो ।
यस्तै आजका लागि राष्ट्र बैंकले अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ८४ पैसा र बिक्रीदर ९० रुपैयाँ २४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ३१ पैसा र बिक्रीदर १०० रुपैयाँ ७५ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपैयाँ ४५ पैसा र बिक्रीदर १०७ रुपैयाँ ९२ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ ५० पैसा र बिक्रीदर नौ रुपैयाँ ५५ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १९ रुपैयाँ १७ पैसा तोकेको छ । यस्तै, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६५ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७१ पैसा निर्धारण गरेको छ ।
यस्तो छ आजका लागि केन्द्रीय बैंकले तोकेको विनिमयदर