सेयरबजारमा हरियाली, नेप्से ३४ अंक बढ्यो, ९ अर्ब ७४ करोडको कारोबार
२०८२ असार १८ गते बुधबार ।
सेयर खबर । सेयरबजार बुधबार पनि बढेको छ । कारोबार मापक नेप्से परिसूचक ३४.४२ अंकले बढेर २६९४.८२ विन्दुमा पुगेको छ । ९ अर्ब ७४ करोड ४८ लाख रुपैयाँ बराबरको ३ करोड १ लाख ८२ हजार ३४१ कित्ता सेयर किनबेच भएको छ ।
कारोबार भएका २४८ कम्पनीमध्ये १८२ वटाको सेयरमूल्य बढ्दा बजार हरियो बनेको हो । तर ६५ कम्पनीका सेयरधनीले गुमाएका छन भने एकवटा कम्पनीको सेयरमूल्य स्थिर रहेको छ ।
सूचीकृत सबै समूह बढेका छन् । सबैभन्दा धेरै जीवन बीमा समूह २.८३ प्रतिशत बढेको छ । त्यसपछि निर्जीवन बीमा समूह २.५१ प्रतिशत र विकास बैंक समूह २.३१ प्रतिशत बढेको छ । वाणिज्य बैंकहरुको समूह बैंकिङ समूह पनि एक दशमलव ३६ प्रतिशत बढेको छ ।
ग्रीन डेभलपमेन्ट बैंक र खानिखोला हाइड्रोपावरको सेयरमूल्य पनि ९.९९ प्रतिशत बढेको छ । त्यसपछि नेपाल इन्स्योरेन्सको ९.८२ प्रतिशत र गुराँस लघुवित्त वित्तीय संस्थाको ९.१५ प्रतिशतले सेयरमूल्य बढेको छ ।
एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको सेयर कारोबार सबैभन्दा धेरै ५५ करोड ५३ लाख रुपैयाँको भएको छ ।
बजार पुँजीकरण ४४ खर्ब ८९ अर्ब रुपैयाँ कायम भएको छ ।