सुनको मूल्य फेरि बढ्यो, तोलाको एक लाख ९१ हजार ७०० पुग्यो


काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक हजार २०० रुपैयाँले बढेको छ ।

छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९१ हजार ७०० रूपैयाँमा पुगेको छ । मंगलबारको सुन प्रतितोला एक लाख ९० हजार ५०० रूपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले घटेको छ । चाँदी दुई हजार १४५ रूपैयाँमा कारोबार भइरहेको छ ।

शेयर गर्नुहोस