सेयरबजार ९.१९ अंकले बढ्यो, ६ अर्ब ३८ करोडको कारोबार


२०८२ असार १६ गते सोमबार । 

काठमाडौं । सेयरबजार सोमबार पनि बढेको छ । कारोबार मापक नेप्से परिसूचक ९.१९ अंकले बढेर २६३१.४८ विन्दुमा बन्द भएको छ । 

कारोबार भएका २४८ कम्पनीमध्ये १४५ वटाको सेयरमूल्य बढेको छ भने १०३ वटाको घटेको छ । ६ अर्ब ३८ करोड ७२ लाख रुपैयाँ बराबरको १ करोड ४१ लाख ७२ हजार ५३५ कित्ता सेयर किनबेच भएको छ । 

सूचीकृत १३ समूहमध्ये फाइनान्स, होटल, जलविद्युत र अन्य समूह घटेका छन् । बाँकी सबै बढेका छन् । सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन १.६३ प्रतिशत बढेको छ । 

राप्ति हाइड्रो एन्ड जेनरल कन्स्ट्रक्सन, धौलागिरी लघुवित्त र विन नेपाल लघुवित्तको सेयरमूल्य नौ प्रतिशतभन्दा धेरै बढेको छ । सबैभन्दा धेरै पञ्चकन्या माई हाइड्रोपावरको सेयरमूल्य ४.९२ प्रतिशत घटेको छ । साहस उर्जाको सेयर कारोबार सबैभन्दा धेरै ३६ करोड ५३ लाख रुपैयाँको भएको छ । 

लगानीकर्ताको सम्पत्ति सोमबार मात्रै १५ अर्ब रुपैयाँ बढेको छ । बजार पुँजीकरण ४३ खर्ब ८४ अर्ब रुपैयाँ कायम भएको छ । यस्तै साधारण सेयरतर्फको बजार पुँजीकरण ६ अर्ब रुपैयाँ बढेर १४ खर्ब ८२ अर्ब रुपैयाँ कायम भएको छ । 

शेयर गर्नुहोस