सेयरबजार साढे २६ अंकले बढ्यो


२०८२ असार १५ गते आइतबार ।

काठमाडौँ । गतसाता २६ सय विन्दुभन्दा तल ओर्लिएर रोकिएको सेयरबजार आइतबार दोहोरो अंकले बढ्दा फेरि २६ सय विन्दुभन्दा माथि फर्किएको छ । 

कारोबार मापक नेप्से परिसूचक आइतबार २६.५३ अङ्कले बढेर दुई हजार छ सय २२ दशमलव २८ को बिन्दुमा कायम भएको हो ।

सात अर्ब १२ करोड १७ लाख रुपैयाँ बराबरको एक करोड ६६ लाख ४३ हजार एक सय १४ कित्ता सेयर किनबेच भएको छ । 

उत्पादन तथा प्रशोधन समूह ०.५६ प्रतिशतले घटेको छ भने अरु सबै समूह बढेका छन् । सबैभन्दा बढी बैंकिङ दुई प्रतिशतले बढेको छ  । त्यस्तै, विकास बैंक १.६१, वित्त ०.६४, होटल तथा पर्यटन ०.०९, जलविद्युत् ०.५४, लगानी ०.३२ र जीवन बीमा समूह ०.८२ प्रतिशतले बढेको छ । लघुवित्त समूह १.५८, म्युचुअल फण्ड ०.३७, निर्जीवन बीमा ०.४२, व्यापार ०.२७ र अन्य समूह १.३५ प्रतिशतले बढेको छ ।

सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको सेयर मूल्य सबैभन्दा धेरै ९.९९ प्रतिशतले बढेको छ । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयर मूल्य सबैभन्दा बढी ५.७ प्रतिशतले घटेको छ । 

शेयर गर्नुहोस