घट्यो अमेरिकी डलरको भाउ, युरो र पाउण्ड बढ्यो


२०८२ असार १३ गते शुक्रबार । 

बैंकको खबर । नेपाली बजारमा आज अमेरिकी डलरको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि  अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ८४ पैसा र बिक्रीदर १३७ रुपैयाँ ४४ पैसा तोकेको छ । हिजो बिहीबार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ४३ पैसा र बिक्रीदर १३८ रुपैयाँ तीन पैसा थियो ।
     
युरोपियन युरो र बेलायती पाउण्डको भाउ भने आज बढेको छ । राष्ट्र बैंकले आजका लागि युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ १४ पैसा र बिक्रीदर १६० रुपैयाँ ८४ पैसा तोकेको छ । हिजो युरो एकको खरिददर १५९ रुपैयाँ ४९ पैसा र बिक्रीदर १६० रुपैयाँ १८ पैसा थियो । यस्तै, आजका लागि बेलायती पाउण्ड स्ट्रलिङ एकको खरिददर १८७ रुपैयाँ ६१ पैसा र बिक्रीदर १८८ रुपैयाँ ४४ पैसा तोकिएको छ । हिजो बेलायती पाउण्ड एकको खरिददर १८७ रुपैयाँ र बिक्रीदर १८७ रुपैयाँ ८२ पैसा थियो ।

आजका लागि अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ४१  पैसा र बिक्रीदर ८९ रुपैयाँ ८० पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ र बिक्रीदर १०० रुपैयाँ ४३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपैयाँ २९ पैसा र बिक्रीदर १०७ रुपैयाँ ७६ पैसा तोकिएको छ । 

यसैगरी जापानी येन १० को खरिददर नौ रुपैयाँ ४८ पैसा र बिक्रीदर नौ रुपैयाँ ५२ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ०८ पैसा र बिक्रीदर १९ रुपैयाँ १७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६५ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७१ पैसा कायम भएको छ । 

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

शेयर गर्नुहोस