सेयरबजारमा नेप्से परिसूचक ४.४५ अंकले घट्यो


२०८२ असार १२ गते बिहीबार । 

बैंकको खबर । सेयरबजार आज (बिहीबार) पनि घटेको छ । कारोबार मापक नेप्से परिसूचक ४.४५ अंकले घटेर २५९५.७५ विन्दुमा झरेको छ । 

सात अर्ब ७८ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । कारोबार भएका २४८ कम्पनीमध्ये १५५ वटाको सेयरमूल्य घटेको छ । बाँकी ९३ वटाको बढेको छ ।

सूचीकृत समूहमध्ये विकास बैंक, जलविद्युत, लघुवित्त र म्युचुअल फण्ड समूह बढेका छन् । बाँकी सबै समूह घटेका छन् । 

ग्रीन डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्य नौ प्रतिशतभन्दा धेरैले बढेको छ । रिलायबल समृद्धि योजनाको इकाइमूल्य सबैभन्दा धेरै ९.३० प्रतिशत घटेको छ । 

बुटवल पावर कम्पनीको सेयर कारोबार सबैभन्दा धेरै ६२ करोड ५२ लाख रुपैयाँको कारोबार भएको छ । 

शेयर गर्नुहोस