वाणिज्य बैंकहरुले १० महिनामा कमाए ४७ अर्ब ७९ करोड


२०८२ जेठ ३० गते शुक्रबार । 

बैंकको खबर । वाणिज्य बैंकहरुले यस आर्थिक वर्षको पहिलो १० महिनामा ४७ अर्ब ७९ करोड ४७ लाख रुपैयाँ नाफा कमाएका छन् । जुन एक वर्षअघिको तुलनामा १.६७ प्रतिशत कम हो । गत आर्थिक वर्षको १० महिनामा बैंकहरुले ४८ अर्ब ६० करोड ६७ लाख रुपैयाँ कमाएका थिी ।


यस आर्थिक वर्षको १० महिनामा १० वटा बैंकको नाफा बढेको छ भने १० वटाको घटेको छ । 

सबैभन्दा धेरै नाफा नबिल बैंकले कमाएको छ । नबिलले ५ अर्ब ६० करोड रुपैयाँ नाफा कमाएको छ । नबिल पछि ग्लोबल आइएमई बैंकले धेरै कमाएको छ । ग्लोबल आइएमईले ५ अर्ब ३५ करोड रुपैयाँ कमाएको छ । त्यसपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ५ अर्ब २ करोड रुपैयाँ कमाएको छ । 

सबैभन्दा कम एनआईसी एसिया बैंकले चार करोड ७८ लाख रुपैयाँ मात्रै नाफा कमाएको छ । 

पछिल्लो समय खराब कर्जा बढ्दै गएपछि अधिकांश बैंकहरुको नाफामा दबाब परेको देखिन्छ । आम्दानी गरेको रकममध्ये ठूलो हिस्सा खराब कर्जाका लागि प्रोभिजन गर्नुपरेपछि नाफामा दबाब परेको हो । 

                               20 Commercial Banks in Nepal by Net Profit (Rs. in Million)

SN

Commercial Banks                         

2081/82 Baisakh

2080/81 Baisakh

1

Nabil Bank

5,603.91

5,462.56

2

Global IME Bank

5,355.41

1,503.23

3

Nepal Investment Mega Bank

5,020.83

3,771.03

4

Everest Bank Limited

3,903.30

2,980.35

5

Nepal Bank Limited

3,288.77

590.32

6

NMB Bank Limited

2,625.49

2,487.31

7

Prime Commercial Bank

2,585.59

3,225.75

8

Standard Chartered Bank Nepal

2,346.54

2,665.86

9

Laxmi Sunrise Bank

2,156.54

1,956.96

10

Siddhartha Bank

2,011.10

1,977.72

11

Prabhu Bank

2,001.40

2504.62

12

Sanima Bank

1,870.50

1,746.44

13

Rastriya Banijya Bank

1,770.43

2,563.21

14

Agricultural Development Bank

1,733.80

2,697.81

15

Nepal SBI Bank

1,382.07

1,422.95

16

Machhapuchchhre Bank

1,313.53

1,106.22

17

Citizens Bank International

1,181.51

1,503.23

18

Himalayan Bank

683.44

2,22898

19

Kumari Bank

481.94

1,429.20

20

NIC Asia Bank

478.70

2,163.24

Total Profit

47,794.74

48,606.76

शेयर गर्नुहोस