सुनको मूल्य एकैदिन ४२०० रुपैयाँ बढ्यो
२०८२ जेठ ३० गते शुक्रबार ।
नेपाली बजारमा सुनको मूल्यमा उच्च वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ४२०० रुपैयाँले बढेको छ ।
महासंघका अनुसार आज बजारमा छापावाल सुन प्रतितोला १ लाख ९७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ।
आज चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँ बढेर नयाँ रेकर्ड बनाएको छ । चाँदी आज प्रतितोला २१६५ रुपैयाँमा कारोबार भइरहेको छ ।