इजरायलले इरानमाथि आक्रमण गरेपछि कच्चा तेलको मूल्यमा उच्च वृद्धि
२०८२ जेठ ३० गते शुक्रबार ।
अन्तर्राष्ट्रिय । इजरायलले इरानमाथि आक्रमण गरेपछि शुक्रबार एसियाली बजारमा कच्चा तेलको मूल्य आकासिएको छ । आक्रमणसँगै मध्यपूर्वमा ब्यापक द्वन्द्व बढ्ने र यसले कच्चा तेलको आपूर्तिमा ठूलो अवरोध पुग्ने डर बढेको छ ।
आक्रमण पछि, कच्चा तेलको मूल्य करिब १०ले बढ्यो, किनभने विश्वको अधिकांश तेल मध्य पूर्वबाट आउँछ । यदि त्यहाँ आपूर्ति रोकियो भने, तेल महँगो हुन सक्छ । यो नेपाल जस्ता देशहरूको लागि अझ बढी चिन्ताको विषय हो । किनकी हामीले सबै पेट्रोलियम इन्धन भारतबाट ल्याउनुपर्छ । भारतले पनि सबै तेल विदेशबाट किन्नु पर्छ । यसले फेरि मुद्रास्फीति बढाउन सक्छ ।
शुक्रबारको तेलको मूल्यवृद्धि इजरायलले इरानमाथि गरेको आक्रमणको तत्काल प्रतिक्रियाका कारण भएको हो । जसले भूराजनीतिक जोखिम प्रिमियमलाई बढवा दिएको छ र विश्वव्यापी कच्चा तेल आपूर्तिमा अवरोध आउने डर बढाएको छ ।