इरानमाथि इजरायलको आक्रमणका कारण भारतीय सेयरबजारमा गिरावट
२०८२ जेठ ३० गते शुक्रबार ।
नयाँदिल्ली । इजरायलले इरानमाथि आक्रमण गरेपछि आज भारतको सेयरबजार प्रभावित भएको छ । बजारमा उच्च अंकको गिरावट देखिएको छ ।
सेन्सेक्स ९०० अंक भन्दा धेरैले घटेर ८०,८०० को स्तरमा कारोबार भइरहेको छ। निफ्टीमा पनि लगभग २५० अंकको गिरावट आएको छ। जुन २४,६०० को स्तरमा कारोबार भइरहेको छ।
सेन्सेक्सका सबै ३० सेयर घटेका छन्। बैंकिङ, तेल तथा ग्यास, अटो र आईटी क्षेत्रका कम्पनीको सेयर मूल्यमा सबैभन्दा बढी गिरावट देखिएको छ ।
हिजोको एयर इन्डिया विमान दुर्घटनापछि, एयरलाइन्स कम्पनीहरूको सेयर पनि घटेको छ। देशको सबैभन्दा ठूलो एयरलाइन्स इन्डिगोको सेयर ४ प्रतिशत ले घटेको छ। स्पाइसजेट लगभग ३ प्रतिशतले घटेको छ। एयर इन्डिया सञ्चालन गर्ने टाटा समूहको सबै सेयर घटेको छ।
इजरायलले इरानमाथि आक्रमण गर्नु बजारमा गिरावट आउनुको सबैभन्दा ठूलो कारण मानिएको छ ।
दुई ठूला देशहरूबीच युद्ध हुँदा लगानीकर्ताहरू आत्तिन्छन् र सेयर बजारबाट पैसा निकाल्न थाल्छन्। यस पटक इजरायलले इरानको आणविक अड्डा र सैन्य स्थलहरूमा आक्रमण गरेको छ, जसका कारण मध्य पूर्वमा युद्ध अझ बढ्न सक्ने डर छ। त्यसैले सेयर लगानीकर्ताहरु आत्तिएर बजारबाट पैसा निकाल्न खोजिरहेका छन् ।