फेरि घट्यो सेयरबजार, नौ अर्ब ९० करोडको कारोबार
२०८२ जेठ २८ गते बुधबार ।
बैंकको खबर । सेयरबजार फेरि घटेको छ । यसअघि दुई कारोबार दिन बढेको नेप्से बुधबार १३.६९ अंकले घटेर २६६४.४७ विन्दुमा कायम भएको छ ।
नौ अर्ब ९० करोड ७० लाख रुपैयाँ बराबरको दुई करोड २० लाख ७५ हजार ७६९ कित्ता सेयर कारोबार भएको छ ।
जलविद्युत् समूह एक दशमलव १३ प्रतिशतले बढेको छ भने अरु सबै समूह घटेका छन् ।
आजको कारोबारमा बुटवल पावर कम्पनी, पियोर इनर्जी र सिनर्जी पावर डेभलपमेन्टको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य भने सबैभन्दा बढी पाँच दशमलव ८९ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा राधी विद्युत् कम्पनी लिमिटेडको सबैभन्दा बढी ६१ करोड ५७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।