सुनको मूल्य तोलामा १३ सय रुपैयाँ बढ्यो


२०८२ जेठ २८ गते बुधबार । 

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला एक हजार ३०० रुपैयाँले बढेको छ ।

आज बजारमा छापावाल सुन प्रतितोला एक लाख ९१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९० हजार रुपैयाँ थियो ।

आज मूल्य भने स्थिर रहेको छ । चाँदी चाँदी प्रतितोला दुई हजार १६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

शेयर गर्नुहोस