आज अमेरिकी डलर र बेलायती पाउन्ड स्ट्रलिङको भाउ घट्यो, युरो बढ्यो


२०८२ जेठ २८ गते बुधबार । 

बैंकको खबर । नेपाली बजारमा आज अमेरिकी डलरको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ६७ पैसा र बिक्रीदर १३७ रुपैयाँ २७ पैसा निर्धारण गरेको छ । हिजो अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ७९ पैसा र बिक्रीदर १३७ रुपैयाँ ३० पैसा थियो ।
 
युरोपियन युरोको भाउ भने आज बढेको छ । राष्ट्र बैंकले आजका लागि युरो एकको खरिददर १५६ रुपैयाँ १५ पैसा र बिक्रीदर १५६ रुपैयाँ ८४ पैसा तोकेको छ । हिजो युरो एकको खरिददर १५६ रुपैयाँ छ पैसा र बिक्रीदर १५६ रुपैयाँ ७४ पैसा थियो । यसैगरी आज बेलायती पाउन्ड स्ट्रलिङको भाउ भने घटेको छ । राष्ट्र बैंकले आजका लागि बेलायती पाउण्ड स्ट्रलिङ एकको खरिददर १८४ रुपैयाँ ४७ पैसा र बिक्रीदर १८५ रुपैयाँ २८ पैसा तोकेको छ । हिजो एकको खरिददर १८५ रुपैयाँ ३४ पैसा र बिक्रीदर १८६ रुपैयाँ १६ पैसा थियो ।

आजका लागि राष्ट्र बैंकले स्वीस फ्रयाङ्क एकको खरिददर १६६ रुपैयाँ ४२ पैसा र बिक्रीदर १६७ रुपैयाँ १५ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ०६ पैसा र बिक्रीदर ८९ रुपैयाँ ४५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ८४ पैसा र बिक्रीदर १०० रुपैयाँ २७ पैसा तोकेको छ । 

यस्तै, जापानी येन १० को खरिददर नौ रुपैयाँ ४५ पैसा र बिक्रीदर नौ रुपैयाँ ५० पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ०२ पैसा र बिक्रीदर १९ रुपैयाँ ११ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६० पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ५० पैसा र बिक्रीदर ३७ रुपैयाँ ६६ पैसा कायम भएको छ ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

शेयर गर्नुहोस