सेयरबजारमा १० अर्बको कारोबार, नेप्से २५ अंकले बढ्यो


२०८२ जेठ २७ गते मंगलबार । 

सेयर खबर । सेयरबजारमा मंगलबार  १० अर्ब बढीको कारोबार भएको छ । नेप्सेका अनुसार मंगलबार  १० अर्ब १६ करोड रुपैयाँ बराबरको २ करोड ३६ लाख ९७ हजार १४५ कित्ता सेयर किनबेच भएको छ । 

नेप्से परिसूचक पनि २५.०७ अङ्कले बढेर २ हजार ६७८.१७ को विन्दुमा पुगेको छ । 

कारोबारमा आएका २४८ कम्पनीमध्ये १९६ वटाको सेयरमूल्य बढ्दा बजारमा हरियाली देखिएको हो । तर यसदिन ५२ वटा कम्पनीका सेयरधनीले भने गुमाएका छन् । 

आजको कारोबारमा सबै समूह बढेका छन् । सबैभन्दा धेरै फाइनान्स समूह ५.१२ प्रतिशतले बढेको हो । बैङ्किङ ०.९३, विकास बैङ्क ०.७१, होटल तथा पर्यटन १.२८, जलविद्युत् ०.४६, लगानी ०.६८ र  जीवन बीमा १.०८ प्रतिशतले बढेको हो । त्यस्तै, उत्पादन तथा प्रशोधन ०.२५, लघुवित्त ०.६१, म्युचुअल फन्ड ०.२३, निर्जीवन बीमा १.२६, व्यापार १.०७ र अन्य समूह १.५१ प्रतिशतले बढेको हो ।

प्युअर इनर्जी लिमिटेड र श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनीको सेयर कारोबार सकारात्मक सर्किट लेबलमा भएको छ । सबैभन्दा धेरै रावा इनर्जी डेभलपमेन्टको सेयर मूल्य ६.१४ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा सबैभन्दा धेरै हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको संस्थापक सेयर ५८ करोड ४९ लाख रुपैयाँ बराबरको भएको छ । 

लगानीकर्ताको सम्पत्ति आज मात्रै ४१ अर्ब रुपैयाँ बढेको छ । बजार पुँजीकरण ४४ खर्ब ६० अर्ब रुपैयाँ पुगेको छ । साधारण सेयर तर्फको बजार पुँजीकरण पनि १४ अर्ब रुपैयाँ बढेर १५ खर्ब २ अर्ब रुपैयाँ कायम भएको छ । 

शेयर गर्नुहोस