शोधनान्तर स्थिति ४ खर्ब ३८ अर्ब बचतमा


२०८२ जेठ २७ गते मंगलबार । 

बैंकको खबर । मुलुकबाट बाहिरिने विदेशी मुद्राको तुलनामा भित्रिने रकम बढी हुँदा शोधनान्तर स्थिति बचतमा छ । नेपाल राष्ट्र बैंकका अनुसार २०८१/८२ को १० महिनामा शोधनान्तर खाता ४ खर्ब ३८ अर्ब ५२ करोड रुपैयाँले बचतमा छ ।

अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति तीन खर्ब ९२ अर्ब ६४ करोडले बचतमा थियो । 

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ९५ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ३ अर्ब २३ करोडले बचतमा रहेको छ ।

चालु खाता पनि बचतमा

समीक्षा अवधिमा चालु खाता २ खर्ब ५५ अर्ब ९३ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ९३ अर्ब ३१ करोड रुपैयाँले बचतमा थियो । 

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ४५ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ८९ करोडले बचतमा रहेको छ ।

समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर ८ अर्ब ४८ करोड रुपैयाँ छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ५ अर्ब २६ करोड रुपैयाँ थियो । 

यसैगरी, समीक्षा अवधिमा १० अर्ब ६० करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी (ईक्विटि मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (ईक्विटि मात्र) ७ अर्ब ५ करोड रुपैयाँ थियो ।

शेयर गर्नुहोस