सुनको मूल्य घट्यो, चाँदीको भाउमा नयाँ रेकर्ड
२०८२ जेठ २७ गते मंगलबार ।
बैंकको खबर । नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ६०० रुपैयाँ घटेको छ । चाँदी प्रतितोला १५ रुपैयाँ बढेको छ ।
आज बजारमा छापावाल सुन प्रतितोला एक लाख ९० हजार रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार एक लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँ बढेर हाल सम्मकै उच्च दुई हजार १६५ रुपैयाँ पुगेको छ ।