बैंकिङ प्रणालीबाट २५ अर्ब तान्दै राष्ट्र बैंक


२०८२ जेठ २५ गते आइतबार । 

बैंकको खबर । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले आज २५ अर्ब रुपैयाँ तान्ने भएको छ । निक्षेप संकलन बोलकबोलमार्फत ४२ दिनका लागि बजारबाट सो रकम तान्न लागेको हो । 

निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले मध्यान्ह ३ बजेसम्म बोलकबोल गर्न सक्नेछन् । यस उपकरणको साँवा तथा ब्याज भुक्तानी साउन ४ गते हुने केन्द्रीय बैंकले जनाएको छ । ब्याजदर भने बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ । 

बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा पाँच करोडले भाग गर्दा निःशेष भाग जानेगरी कुल आव्हान रकमसम्म आवेदन गर्न सक्नेछन् । 

शेयर गर्नुहोस