निफ्राको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन


२०८२ जेठ २५ गते आइतबार ।

बैंकको खबर । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को ऋणपत्रमा आवेदन दिने आज (जेठ २५ गते) अन्तिम दिन रहेको छ । 

बैंकका अनुसार आज कार्यालय समयसम्म भित्र ऋणपत्र खरिदका लागि आवेदन दिन सकिनेछ ।  निफ्राले जेठ १८ गतेदेखि सर्वसाधारणका लागि ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गरेको थियो ।  निफ्राले ७ वर्ष अवधिको ‘‘६ प्रतिशत निफ्रा उर्जा ऋणपत्र २०८८–८९’ नामको ऋणपत्र निष्कासन गरेको हो । 

बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ५० लाख  इकाई ऋणपत्र जारी गरेको हो । यसमध्ये ३० लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । बाँकी २० लाख इकाईमा भने सर्वसाधारणले आवेदन दिन सक्नेछन् । 

सर्वसाधारणलाई छुट्याएको ऋणपत्रमध्ये १ लाख इकाई सामूहिक लगानी कोषहरुका लागि छुट्याएको छ ।

ऋणपत्रमा न्यूनतम २५ इकाईदेखि अधिकतम १० लाख इकाईसम्म खरिदका लागि आवेदन दिन सकिनेछ । 

ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल लिमिटेड रहेको छ । 

शेयर गर्नुहोस