रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


२०८२ जेठ २५ गते आइतबार ।

बीमा खबर । आज जेठ २५ गते आइतबार, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। 

इन्स्योरेन्सले वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि जेठ २६ गते (भोली) सेयरधनी दर्ता किताब बन्द (बुक क्लोज) गर्दैछ। त्यसैले आजसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीले इन्स्योरेन्सको साधारणसभामा सहभागी हुन र सभाबाट पारित भएको लाभांश प्राप्त गर्न सक्नेछन् । 

इन्स्योरेन्सले असार २ गते, काठमाडौंको भाटभटेनी स्थित आम्रपाली ब्यांकेटमा आठौँ वार्षिक साधारणसभा बोलाएको छ। 

साधारणसभाले हाल कायम चुक्ता पूँजीको १२ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.६३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव पारित गर्नेछ । 

शेयर गर्नुहोस