सुनको मूल्य आज पनि बढ्यो
२०८२ जेठ २२ गते बिहीबार ।
काठमाडौँ । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन प्रतितोला ५०० रुपैयाँ बढेको जनाएको छ ।
अन्तराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको हो ।
महासंघका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ९३ हजार ७०० रुपैयाँ कायम भएको छ ।
चाँदीको मूल्य भने हिजोको तुलनामा आज स्थिर छ । चाँदि प्रतितोला २०७५ रुपैयाँमा कारोबार भइरहेको छ ।