नेशनल लाइफ र एनएलजी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


२०८२ जेठ २१ गते बुधबार । 
 

बीमा खबर । आज (जेठ २१ गते) दुई वटा इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि नेशनल लाइफ इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्सले भोली (जेठ २२ गते) सेयरधनी दर्ता किताब बन्द (बुक क्लोज) गर्दैछन् । त्यसैले आजसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीले यि कम्पनीको साधारणसभामा सहभागी हुन र सो सभाबाट पारित हुने लाभांश प्राप्त गर्न सक्नेछन् । 

एनएलजी इन्स्योरेन्सले जेठ २९ गते, बिहीबारका दिन काठमाडौंको बालुवाटारस्थित आम्रपाली ब्याङ्केटमा १९औँ वार्षिक साधारणसभा बोलाएको छ। इन्स्योरेन्सले चुक्ता पुँजीको २.५० प्रतिशत बोनस सेयर र ०.१३१४७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्दैछ । 

नेशनल लाइफ इन्स्योरेन्सले असार ५ गते, बिहीबार, आफ्नो केन्द्रिय कार्यालय, लाजिम्पाट, काठमाडौँमा ३७ औँ वार्षिक साधारणसभा बोलाएको हो। साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरेको चुक्ता पूँजीको ५ प्रतिशत दरले बोनस सेयर र सोको कर प्रयोजनसहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। 

शेयर गर्नुहोस