अनधिकृत रुपमा खाता खोल्न र रकम भुक्तान माग नगर्न राष्ट्र बैंकको आग्रह


२०८२ जेठ २० गते मंगलबार । 

बैंकको खबर । नेपाल राष्ट्र बैंकले अनधिकृत रूपमा खाता खोल्न वा रकम भुक्तानी माग नगर्न सचेत गराएको छ । 

राष्ट्र बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले वित्तीय चेतनाका लागि एक सूचना जारी गर्दै यस्तो यस्तो कार्य नगर्न आग्रह गरेको हो ।

कुनैपनि व्यक्तिले माथि उल्लिखित बमोजिम कुनै कसूर गरेमा बिगो खुलेकोमा बिगो भराई बिगोबमोजिम जरिवाना र तीन महिनासम्म कैद सजाय समेत हुनसक्छ । अनधिकृत रुपमा गरिने बैंकिङ कारोबार तथा कानुनी सजायबाट बच्न पनि राष्ट्र बैंकले आग्रह गरेको छ ।

राष्ट्र बैंकले जारी गरेको सूचनामा बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ अनुसार कसैले पनि बैंक तथा वित्तीय संस्थामा खाता खोल्दा वा रकम भुक्तानी माग गर्दा निम्न कार्य गर्न नहुने उल्लेख छ ।

१. नक्कली कागजात पेश गरी खाता खोल्न वा त्यस्तो कागजात पेश गरी खाता खोल्न लागेको छ भन्ने जानी जानी खाता खोलिदिन वा त्यस्तो खातामा रकम जम्मा गर्न, गराउन वा अन्य व्यक्तिको खातामा रकमान्तर गर्न वा त्यस्तो खाताबाट रकम निकाल्न वा सो कार्यमा सहयोग गर्न वा त्यसरी खाता खोली विद्युतीय कार्ड वा उपकरणको प्रयोग गरी रकम निकाल्नु हुँदैन ।

२. कानुनबमोजिम बाहेक अन्य व्यक्ति वा संस्थाको नाममा खाता खोल्नु वा खाता खोलिदिनु हुँदैन । 

शेयर गर्नुहोस