ज्योति विकास बैंकद्वारा रोल्पा, स्याङ्जा र गुल्मीका विभिन्न स्वास्थ्य चौकीलाई बेबी वार्मर प्रदान
२०८२ जेठ २० गते मंगलबार ।
बैंकको खबर । ज्योति विकास बैंकले रोल्पाको घर्तिगाउँ हेल्थ पोस्टलाई बेबी वार्मर (न्यानो नानी) मेसिन उपलब्ध गराएको छ । बैंकले नवजात शिशुको शारीरिक तापक्रमलाई सन्तुलनमा राख्न र हाइपोथर्मिया (अल्पताप) को जोखिमबाट जोगाउन सहयोग पु¥याउने बेबी वार्मर उपलब्ध गराएको जनाएको छ ।
यसैगरी बैंकले, स्याङ्जाको अर्जुनचौपारी र गुल्मीको पुर्तिघाटस्थित हेल्थ पोस्टमा पनि बेबी वार्मर उपलब्ध गराएको जनाएको छ । दुर्गम क्षेत्रमा सुरक्षित प्रसुति सेवाको आवश्यकतालाई मध्यनजर गर्दै बैंकले आफ्ना शाखा नभएका स्थानमा पनि बेबी वार्मर प्रदान गर्दै आएको जनाएको छ ।
बैंकका मार्केटिंङ, ब्रान्डिङ तथा डिपोजिट सेल्स विभाग प्रमुख कुशलजंग अधिकारीले ति स्वास्थ्य चौकीका पदाधिकारी लगायत सम्बन्धित क्षेत्रका पदाधिकारीहरुको उपस्थितिमा सो बेबी वार्मर हस्तान्तरण गरेका हुन् । सोही अवसरमा अस्पतालका डाक्टर, नर्स लगायत सम्बन्धित कर्मचारीहरुलाई विज्ञ मार्फत बेबी वार्मर सञ्चालन सम्बन्धी विशेष तालिम पनि प्रदान गरिएको थियो।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्वका लागि स्थापना गरेको ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत हालसम्म देशभर ६२ वटा बेबी वार्मर मेसिनहरू वितरण गरेको छ ।
बैंकले हाल १२१ वटा शाखा कार्यालय, ३ वटा विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत सेवा उपलब्ध गराउँदै आइरहेको छ ।