बंगलादेशले मुद्रामा शेख मुजीबुुररहमानको तस्बिर हटायो


ढाका, जेठ १९
बंगलादेशको केन्द्रीय बैंकले शेख हसिनाका बुबा एवम् संस्थापक राष्ट्रपति शेख मुजीबुुररहमानको तस्बीर हटाएर नयाँ मुद्रा प्रचलनमा ल्याएको छ । बंगलादेशको केन्द्रीय बैंकले आइतबार नयाँ एक हजार, ५० र २० टाका नोट जारी गरेको हो । 

केन्द्रीय बैंकले पाँच सय, दुई सय, एक सय र १० दरका नयाँ नोटहरु पनि चाँडै जारी गर्ने जनाएकोे छ । बंगलादेश केन्द्रीय बैंकका प्रवक्ता आरिफ हुसेन खानले नयाँ डिजाइनमा कुनै पनि व्यक्तिको तस्बिर नभएको बताएका छन् । यि नोटहरुमा देशका परम्परागत ठाउँका तस्बिर राखिएका छन् । 

नयाँ नोट जारी भएपनि पुराना नोट र सिक्का पनि चलनमा रहनेछन् । नयाँ नोटमा हिन्दू र बौद्ध मन्दिरहरुकोे तस्बिर पनि छापिने बताइएको छ । २० टाकाको नोटमा दिनाजपुरमा अवस्थित हिन्दू मन्दिर कान्ताजी मन्दिर र पहाडपुर गुम्बाको चित्र छ । ५० टाकाको नोटमा राजधानी ढाकामा अवस्थित अहसान मन्जिल दरबार र जैनुल आबेदिनको चित्र अंकित छ । एक हजारको नोटमा राष्ट्रिय शहीद स्मारक र राष्ट्रिय सभा भवनको तस्बिर राखिएको छ । तीन वटै टाकामा रोयल बंगाल टाइगर वाटरमार्क र बैंकको मोनोग्रामा छ । 

बंगलादेशको मुद्रा राजनीतिक उथलपुथलसँग जोडिएको छ

बंगलादेशी मिडियाका अनुसार यो राजनीतिक उथलपुथलसँग सम्बन्धित छ। बंगलादेशको मुद्राको इतिहासले समय(समयमा सत्तारुढ दलहरूको प्रभाव देखाउँछ।

जब १९७२ मा बंगलादेशले पूर्वी पाकिस्तानबाट स्वतन्त्रता प्राप्त गर्यो, प्रारम्भिक नोटहरूमा भौगोलिक र सांस्कृतिक छविहरू थिए।

पछि, शेख मुजीबुर रहमानको तस्बिरहरू नोटहरूमा समावेश गरियो, विशेष गरी जब उनको अवामी लिग पार्टी सत्तामा थियो।

नयाँ मुद्रालाई शेख हसिनाको शासनको प्रभाव कम गर्ने र देशको छवि समावेशी बनाउने दिशामा एक कदमको रूपमा हेरिएको छ।

शेयर गर्नुहोस