स्टार्टअप उद्यमीलाई सहुलियत ऋण दिन ७३ करोड विनियोजन
२०८२ जेठ १५ गते बिहीबार ।
काठमाडौँ । सरकारले आगामी वर्ष स्टार्टअप उद्यमीलाई सहुलियतपूर्ण कर्जा प्रदान गर्न ७३ करोड विनियोजन गरेको छ ।
सरकारले तीन प्रतिशत ब्याजमा सस्तो ऋण उपलब्ध गराउन यो रकम विनियोजन गरेको हो ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्ष २०८२र८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।