यस वर्ष बजेट ८९.४ प्रतिशत खर्च हुने अनुमान


२०८२ जेठ १५ गते बिहीबार । 

काठमाडौँ । सरकारले यस आर्थिक वर्षमा विनियोजन भएको कुल बजेटको ८९.४ प्रतिशत खर्च हुने अनुमान गरेको छ । अर्थमनत्री विष्णुप्रसाद पौडेलले यस आर्थिक वर्षमा सरकारको कुल खर्च १६ खर्ब ६२ अर्ब ३७ करोड रुपैयाँ पुग्ने अनुमान सुनाएका छन् । 

चालु खर्च विनियोजनको ८८.८ प्रतिशत, पुँजीगत खर्च विनियोजनको ६३.५ प्रतिशत र वित्तीय व्यवस्थापनमा विनियोजनको ९७.६ प्रतिशत खर्च हुने अनुमान सरकारको छ ।

शेयर गर्नुहोस