बढ्यो अमेरिकी डलर र बेलायती पाउन्ड स्ट्रलिङको भाउ, यूरो घट्यो



२०८२ जेठ १४ गते बुधबार । 

बैंकको खबर । नेपाली बजारमा आज (जेठ १४ गते बुधबार) अमेरिकी डलर र बेलायती पाउन्ड स्ट्रलिङको भाउ बढेको छ भने युरोपियन यूरोको भाउ घटेको छ । 

नेपाल राष्ट्र बैङ्कले आजका लागि अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ २४ पैसा र बिक्रीदर १३६ रुपैयाँ ८४ पैसा तोकेको छ । हिजो अमेरिकी डलर एकको खरिददर १३५ रुपैयाँ ८४ पैसा र बिक्रीदर १३६ रुपैयाँ ४४ पैसा थियो । 

युरोपियन यूरोको भाउ भने हिजोको तुलनामा आज सामान्य घटेको छ । आज यूरो एकको खरिददर १५४ रुपैयाँ ५७ पैसा र बिक्रीदर १५५ रुपैयाँ २५ पैसा छ । हिजो यूरो एकको खरिददर १५४ रुपैयाँ ५९ पैसा र बिक्रीदर १५५ रुपैयाँ २७ पैसा थियो । 

बेलायती पाउन्ड स्ट्रलिङको भाउ आज बढेको छ । आज पाउन्ड स्ट्रलिङ एकको खरिददर १८४ रुपैयाँ ५६ पैसा र बिक्रीदर १८५ रुपैयाँ ३८ पैसा तोकिएको छ । हिजो पाउन्ड स्ट्रलिङ एकको खरिददर १८४ रुपैयाँ १९ पैसा र बिक्रीदर १८५ रुपैयाँ थियो ।

यसैगरि आजका लागि नेपाल राष्ट्र बैंकले स्वीस फ्रयाङ्क एकको खरिददर १६४ रुपैयाँ ७० पैसा र बिक्रीदर १६५ रुपैयाँ ४३ पैसा तोकेको छ । यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ८४ पैसा र बिक्रीदर ८८ रुपैयाँ २३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ९७ पैसा र बिक्रीदर ९९ रुपैयाँ ४१ पैसा तोकेको छ । 

जापानी येन १० को खरिददर नौ रुपैयाँ ४५ पैसा र बिक्रीदर नौ रुपैयाँ ५० पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९३ पैसा र बिक्रीदर १९ रुपैयाँ ०२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४८ पैसा तथा कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५५ पैसा कायम भएको छ । 

यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर

 

शेयर गर्नुहोस