राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र राष्ट्र बैङ्कका गभर्नरबीच भेटवार्ता
२०८२ जेठ १३ गते मंगलबार ।
बैंकको खबर । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारी र नेपाल राष्ट्र बैङ्कका गभर्नर डा विश्वनाथ पौडेलबीच भेटवार्ता भएको छ ।
मंगलबार सिंहदरबारस्थित आयोगको कार्यालयमा भेटवार्ता भएको हो । भेटवार्तामा मुलुकको वित्त नीति र मौद्रिक नीतिबीच तादम्यता र अन्तरसम्बन्धका विषयमा छलफल भएको बताइएको छ ।
भेटवार्ताको क्रममा आयोगका उपाध्यक्ष अधिकारीले वित्तीय हस्तान्तरण, आयोजनाको पुनः प्राथामिकिकरण, आयोजना बैङ्कको प्रभावकारी कार्यान्वयनबारे जानकारी गराएका थिए । यस्तै गभर्नर पौडेलले पूर्वाधार विकासमा निजी क्षेत्रलाई प्रवर्द्धन गर्दै लगानीको वातावरण सिर्जना गर्न राष्ट्र बैङ्कले सहजीकरण गर्ने प्रतिबद्धता जनाए ।